दफा ४३९
आफ्नो सम्पत्ति सरह भोग गर्न पाउने

(१) साहूले बन्धकी लिएको सम्पत्ति र त्यस्तो सम्पत्तिबाट प्राप्त हुने प्रतिफल, लाभ तथा सुविधा आफ्नो सम्पत्ति सरह भोगचलन गर्न पाउनेछ ।
(२) बन्धकीमा लिएको सम्पत्ति कच्चा भई वा असामीले बाधा बिरोध गरी साहूले भोगचलन गर्न नपाएमा असामीले त्यस वापत साहूलाई मनासिब क्षतिपूर्ति दिनु पर्नेछ ।